Wednesday, January 22, 2025

ट्रेन्डिङ :

आइपिएलको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स

spot_img
spot_img
spot_img

एजेन्सी । राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली क्यापिटल्स आइपिएलको १३ औँ संस्करणको शीर्ष स्थानमा उक्लेको छ। अंक तालिकाको शीर्ष स्थानबाट मुम्बई इण्डियन्सलाई हटाएर दिल्लीले आफ्नो स्थान बनाएको हो।

शीर्ष स्थानमा उक्लिएको दिल्लीले ६ खेलमा १० अंक जोडेको छ।

युएईको शारजाह मैदानमा शुक्रबार राति भएको खेलमा दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको राजस्थानले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३८ रन मात्रै बनाउन सक्यो।

राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ३८ रन बनाएका थिए भने याशभी जैशवालले ३४ तथा कप्तान स्टिभ स्मिथले २४ रन बनाए। जोस बट्लर १३ रनमा आउट भए । दिल्लीका कागिसो राबडाले ३, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले २/२ तथा अक्षर पटेल, हर्सल पटेल र एन्रीच नोर्ट्जेले १/१ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। दिल्लीका लागि शिम्रन हिटमायरले सर्वाधिक ४५, मार्कुस स्टोनिसले ३९ तथा कप्तान श्रेयस आयरले २२ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले ३ राहुल टिवाटिया, एन्ड्रयु टेइ र कार्तिक त्यागीले १/१ विकेट लिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?