१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भारतीय दुतावासको सहयोगमा व्याँस गाउँपालिकालाई एम्बुलेन्स



दार्चुला। भारतीय शान्तिवादी नेता महात्मा गान्धीको जन्म जयन्तीको शुभअवसरमा भारत सरकारबाट नेपाल स्थित भारतीय राजदूताबास मार्फत ब्यास गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भएको छ । यो संगै दार्चुलाको उत्तरी भेगमा पर्ने भारत र चीनसँग सिमाना जोडिएको भौगोलिक बिकटता भएको ब्यास गाउँपालिकामा एम्बुलेन्स सेवा विस्तार हुने भएको छ ।

भौगोलिक विकटता, सडकको पहुँच नहुनु लगायतका समस्या झेल्दै आइरहेको व्याँस गाउँपालिकावासी जनताको स्वास्थ्य सेवामा केहि सहजताका लागि एम्बुलेन्स भित्राइएको गाउँपालिकाका अध्यक्ष दिलिपसिँह बुढाथोकीले बताए ।

स्वास्थ सेवा चुस्तदुरुस्त उपलब्ध गराउन र लामोदुरी सम्म घन्टौ बिरामी बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यता अन्त्य गर्दै समयमै बिरामीलाई अस्पताल सम्म पुर्याउन सकियोस् भन्ने उदेश्यले ब्यास गाउँपालिका अध्यक्षको लामो प्रयासपछि एम्बुलेन्स सेवा विस्तार भएको हो । व्याँस गाउँपालिकावासीले स्वास्थ्य क्षेत्रमा भोग्नु परेको समस्या अव सामाधान हुने र अझै स्वास्थ्य क्षेत्रमा नयाँ आयामहरु विस्तार गर्ने अध्यक्ष बुढाथोकीले बताए ।

ब्यास गाउपालिका दार्चुलाको सबैभन्दा बिकट भूभाग रहे पनि गाउपालिका प्रमुख बुढाथोकीको योगदान अतुलनीय रहेको छ । तर ब्यास गाउपालिका भन्दा सुगम अन्य छिमेकी गाउपालिका प्रमुखहरुको जनताको स्वास्थप्रतिको उत्तरदायित्व अहिले सम्मपनि बोध हुन् नसकेको र जनताको स्वास्थ्यमा खासै ध्यान नदिएको सम्बन्धित स्थानीयहरूको जनगुनाशो रहेको छ ।


प्रतिक्रिया दिनुहोस !