१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नेकपा सचेतक शान्ता चौधरी आइसियुमा



काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित भइ उपचारको क्रममा नेकपा नेता शान्ता चौधरीलाई आइसियूमा सारिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक चौधरीमा थप समस्या देखिएपछि वीर अस्पतालको आइसियूमा सारिएको हो । उनलाई शुक्रबार राति आइसियूमा सारिएको हो ।

असोज १९ गते संक्रमण पुष्टि भएसँगै उनको वीर अस्पतालमै उपचार भइरहेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा सारेर उपचार भइरहेको उनको सचिवालयले जनाएको छ । स्तन क्यान्सरलाई जितेकी उनी गएको वर्ष डेंगीका कारण बिरामी परेकी थिइन् । उनमा दमको पनि समस्या छ ।


प्रतिक्रिया दिनुहोस !