६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

सर्लाहीका सीडीओ सुरेन्द्र पौडेललाई कोरोना सङ्क्रमण पुष्टि



सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेललाई शनिवार कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पाइएपछि सीडीओ पौडेलसहित कार्यालयका ३३ जना कर्मचारी र सुरक्षाकर्मी समेत गरी ७१ जनाले बिहीबार थ्रोट स्वाब दिनु भएको थियो । शनिवार दिउँसो प्राप्त पीसीआर परीक्षण रिपोर्ट अनुसार सीडीओ पौडेलमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पौडेललाई केही दिनदेखि ज्वरो आउनुका साथै कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण समेत देखिएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसँग नजिक भएकाहरुलाई सावधानी अपनाउन र लक्षण देखिएको भए परीक्षण गराउन आग्रह गर्नुभएको छ । पौडेलसँगै थ्रोट स्वाब दिएका अन्य कर्मचारी र सुरक्षाकर्मीहरुको रिपोर्ट प्राप्त हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !