७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने



थम्मन थापा, बागलुङ। बागलुङ जिल्लाको चलचित्र बुकिको निर्माण अभियानलाइ तीव्र पारिएको छ । यहाँको पर्यटकीय गन्तब्य, धार्मिक स्थल, सास्कृतिक पक्ष लगाएतका गतिविधिलाई समेटर  पहिलो पटक ठुलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको छ । हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रा.लि को ब्यबस्थापन मा चलचित्र निर्माण गर्न लागिएको हो । ‘बागलुङ जिल्लालाई विश्वभर चिनाउने गरि हामीले ऐतिहासिक चलचित्र बुकि निर्माणको अभियान थालेका छौ,’ निर्माण संयोजक राजन केसी मोहनले भने , जिल्लालाई पर्यटकीय गन्तब्य बनाउन हामी सफल हुने छौ ।

पर्यटकीय, धार्मिक तथा सास्कृतिक सम्पदा चलचित्रमा समावेस गरि चलचित्र तयार हुने संयोजक केसीले बताए । ‘अहिले चलचित्रको कथाबस्तुको काम सकियको छ, हामीले सामाजिक अभियान मार्फत यो काम गर्न लागेकोले अहिले आर्थिक अभियानको काम चालेको छ,’ उनले भने । जिल्लाका स्थानीय तह, संघ सस्था, प्रवासी तथा स्थानीय नागरिकसँगको समन्वयमा आर्थिक संकलन गरेर चलचित्र निर्माण हुने अभियानका सचिव थम्मन थापाले जानकारी दिए । गण्डकी प्रदेशको राजधानी तथा प्रमुख पर्यटकीय गन्यब्य पोखरामा आउने पर्यटकलाई भित्राउन समेत चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने थापाको दावी छ । चलचित्र व्यावसायिक नभइ सामाजिक अभियान मार्फत गर्न लागेको आर्थिक संयोजक प्रकाश आलेको भनाइ छ । दुई बर्षदेखि अभियान सुरु गरेको र कथाबस्तुको काम सकेर आर्थिक अभियानमा लागेको उनले बताए । ‘कोरोना महामरीले पनि हाम्रो अभियान प्रभावित बन्यो, तर उत्साहजनक रुपमा हामीलाई बागलुङबासीको साथ सहयोग मिलेको छ ।’

उनले भने । स्वदेश तथा विदेशमा रहेका बागलुङवासीले साथ र हौसला समेत दिएको आर्थिक संयोजक आलेले बताए । चलचित्र निर्माणको लागि आर्थिक संकलन गर्न जिल्ला सवै स्थानीय तहमा सांगीतिक कार्यक्रम समेत गरिने उनले बताए । कोरोरा महामारीका कारण गत चैतदेखि सांगीतिक कार्यक्रम गर्ने भनेपनि गर्न नसकेको आलेको भनाइ छ । सामाजिक अभियान मार्फत निर्माण हुने चलचित्र बुकि को नामाकरण ढोरपाटन सिकार आरक्षमा रहेको बुकि फुलको नाम बाट गरिएको निर्माण समितिले जनाएको छ । चलचित्र नेपाली र अङ्ग्रेजी भाषामा तयार हुने निर्माण समितिले बताएको छ । चलचित्र निर्माणको लागी १ करोड ४० लाख खर्च अनुमान गरिएको छ । निर्माण सम्पन्न भएपछि हुने आम्दानी पनि पर्यटकीय गन्तब्यको भौतिक पूर्वाधार र प्रचार प्रसारमा खर्च गरिने निर्माण समितिले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !