१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

समाजवादले कोरियालाई कोरोनाबाट बचाएको किमको दाबी, सैन्य परेडमा कसैले पनि लगाएनन् मास्क



एजेन्सी : असोज २६, प्रजातान्त्रिक जनगणतन्त्रका सर्वोच्च नेता किम जोंग उनले समाजवादले आफ्नो देशलाई कोरोना भाईरसको महामारीबाट बचाएको दाबीगरेका छन् । आफ्नो देशमा एउटा पनि कोरोना महामारीको केस नभेटिएको बताएका छन् । कोरियन ओकर्स पार्टीको स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै किमले उत्तर कोरिया कोरोना मुक्त रहेको र कोरोना महामारीबाट बच्ने श्रेय समाजवादको रहेको बताए । किमले उत्तर कोरियामा कोरोना नियन्त्रण समाजवादी राजनीतिक प्रणालीको उपलब्धि भएको बताए ।

उत्तर कोरियाली सर्वोच्च नेता किमले सो अवसरमा राष्ट्रीय सेनालाई कोरोना महामारी बिरुद्धको लडाई, प्राकृतिक प्रकोप र रक्षात्मक क्षमताका लागि धन्यवाद दिएका थिए । त्यस्तै आत्मरक्षाका लागि आफ्नो सैन्य शक्ति बलियो बनाउने प्रयत्न जारी रहने, सबै प्रकारका शत्रु सेनाका आणविक धम्कीको सामना गर्न तयार रहेको उनले बताए । अमेरिकाको मुख्य चासो रहेको आणविक हतियारको निर्माणको बिषयको किमले बेवास्ता गरेर आफ्नो कदम अघि बढाएको जानकारहरु बताउँछन् । विश्व नै कोरोना महामारीको कारण क्वारेण्टाईनको अवस्थामा रहेपनि राजधानी प्योगंयांगमा आयोजना गरिएको बिशाल सैन्य परेडमा उत्तर कोरिया राज्य मिडिया र सेना कसैले पनि अनुहारमा मास्क लगाएका थिएनन् ।

source : rt .com


प्रतिक्रिया दिनुहोस !