७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

चीनले किङ्गदाओ शहरका ९० लाख मानिसकाे पाँच दिनभित्र पीसीआर परीक्षण गर्ने



एजेन्सी। चीनको किङ्गदाओ शहरका सम्पूर्ण बासिन्दाको पाँच दिनभित्र पीसीआर परीक्षण हुने भएको छ । कोभिड–१९ का बिरामीको उपचार गरेको स्थानीय अस्पतालसँग जोडिएर संक्रमण फैलिएको देखिएपछि पूरै शहरका बासिन्दाको परीक्षण गरिने भएको हो । चीनले गएको मे मा वुहान शहरका एक करोड १० लाख बासिन्दाको परीक्षण गरेको थियो ।

वुहान शहरबाटै कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । चीनमा अधिकांश रुपले संक्रमण नियन्त्रणमा आएको छ । विश्वका अरु क्षेत्रमा भने संक्रमणले महामारीको रुप लिएको छ ।

किङ्गदाओ शहरमा थप ६ जनामा संक्रमण पुष्टि भएको स्थानीय अधिकारीले बताएका छन् । यस्तै अरु ६ जना लक्षण बिहीन संक्रमितहरु पनि भेटिएका छन् ।

ती सबै संक्रमितको सम्बन्ध स्थानीय अस्पतालसँग रहेको ग्लोबल टाइम्सले जनाएको छ । चीन सरकारले अति कम मात्रामा संक्रमण देखिए पनि सो क्षेत्रका सबै बासिन्दाको परीक्षण गर्ने रणनीति बनाएको छ । किङ्गदाओका अधिकारीले परीक्षणको काम सुरु भएको र तीन दिन भित्र पाँच जिल्लामा परीक्षण गरिसक्ने र पाँच दिनभित्र पूरै शहरको परीक्षण सक्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !