१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

अब काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पताल



काठमाडौं। स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने जानकारी दिएको छ।मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयु र अक्सिजन सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो।

साथै अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने निर्णय पनि मन्त्रालयले गरेको छ। स्वास्थ्य मन्त्रालयले सोमबार यसबारे जानकारी दिएको हो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय