१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौँ उपत्यकामा २१२९ जनामा कोरोना पुष्टि



काठमाडौँ। काठमाडौँ उपत्यकामा आज २ हजार १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ७४६, भक्तपुरका १६७ तथा ललितपुरका २१६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !