१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

अमेरिकाको उक्साहटमा भारतले आफुसँग निहुँ खोजिरहेको चीनको दाबी



काठमाडौं : असोज २७, अमेरिका लगायतका पश्चिमा शक्तिको उक्साहटमा भारतले ताईवान कार्ड खेल्न खोजको चीनले बताएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाईम्सले भारतले ताईवान कार्ड खेल्नुका साथै आफ्नो दक्षिणी सीमा क्षेत्रमा चुनौती दिने कोसिस गरेको बताएको छ । उसले अगाडी भनेको छ, केही भारतीय मिडियाहरुलाई उनीहरूसँग एक चीन नीति हल्लाउने स्वतन्त्रता नभएको भनेर सम्झाउनु पर्ने बताएको छ । भारतले आफूलाई प्रजातन्त्रको दाबी गर्ने र चीनलाई पश्चिमी देशहरूको दृष्टिकोणबाट हेर्ने गरेको ग्लोबल टाईम्सले उल्लेख गरेको छ । चीन र अमेरिका प्रतिस्पर्धा बढ्दै जाँदा वाशिंगटनले ताइवान कार्डलाई थप चलाउन सुरु गरेपछि भारतका केही व्यक्तिहरूले वाशिंगटनको पाइला अनुसरण गरेर त्यसबाट फाइदा लिन खोजेका बताएको छ ।

नयाँ दिल्लीले अमेरिका र अन्य पश्चिमी देशहरूको समर्थनले जीत हात पार्ने विश्वास गरेको र भारतलाई चीनको विरूद्ध उक्साएका कारण चीनको तल्लो रेखालाई चुनौती दिन खोजेको र त्यसका लागि आफ्नो सेना तयार रहेको बताएको छ । भारत आगोसँग खेल्दै छ, र यो खेलले अन्तमा दुबै पक्षलाई निराशा मात्र हुनेछ ग्लोबल टाईम्सले लेखेको छ । भारतीय केही मिडियाले ताईवानले राष्ट्रिय दिवस मनाउने केही भारतीय मिडिया आउटलेटहरूलाई उचित ठहराउने प्रयास गरेको र भारतले एक चीन नीतिलाई मान्यता दिएकाले भारतको त्यस्तो क्रियाकलाप चीन(भारत कूटनीतिक सम्बन्ध बिरुद्ध भएको जनाएको छ । भारतीय मिडियाको सम्पादकीयले आधारभूत तथ्यलाई बेवास्ता गरेको र चीनको सार्वभौमिकतामा भारतलाई प्रश्न उठाउने अधिकार नभएको चीनले बताएको हो । भारतीय मिडियाले ताइवान अलगाववादी शक्तिहरुलाई बढावा दिदै केही भारतीय संभ्रान्त वर्गले ताइवानको बिषयमा प्रश्न उठाई चीन र भारतको सम्बन्धलाई विषाक्त बनाइरहेको चीनले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !