१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मेचीनगरका मेयर विमल आचार्यलाई कोरोना संक्रमण पुष्टि



बिर्तामोड। झापा मेचीनगरका नगरप्रमुख विमल आचार्यलाई कोराना संक्रमण पुष्टि भएको छ । कनकाई प्रयोगशालामा गरिएको पिसिआर चेकमा नगरप्रमुख आचार्यको रिपोर्ट पोजेटिभ आएको मेचीनगरका कोभिड फोकल पर्सन नविन बरालले जानकारी दिनुभयो । नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडामा पनि कोराना पोजेटिभ देखिएको छ ।

नगरप्रमुख आचार्य पीसीआरका लागि स्वाव दिएपछि होम आइसोलेसनमा रहनुभएको थियो । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ । आज मेचीनगरमा नगरप्रमुखसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस !