१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

साउदी अरबले ७ महिनापछि मक्का मदिना खोले लगत्तै ४० हजारलाई नमाज पढ्ने अनुमति



एजेन्सी। साउदी अरबले सात महिनापछि मुस्लिमहरुको पवित्रस्थल मक्का मदिना खुल्ला गरेको छ। कोरोनाको माहामारी केही कम हुन थालेपछि तीन चरणमा मक्का मदिना खोलिने बताइएको छ। पहिलो चरणमा साउदीमा ६ हजार मानिसहरुलाई प्रवेश दिइनेछ।

यस्तै दोस्रो चरणमा अक्टोबर १८ देखि धेरै भन्दा धेरै १५ हजारलाई हजयात्रा र नमाजको लागि ४० हजारलाई अनुमति दिइनेछ। तर प्रवेशका लागि तीर्थयात्रीहरुलाई मोबाइलबाट आवेदन दिनु पर्नेहुन्छ। यता, हजमन्त्रीले भनेका छन्, ‘देशका बाहिरबाट आउनेहरुलाई एक नम्बरबाट मक्का जान दिइनेछ।’


प्रतिक्रिया दिनुहोस !