१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आन्दोलनकारीले गाडी रोक्दा सुर्नयाँका वडाध्यक्षको बाटोमै मृत्यु



बैतडी। बैतडीको सुर्नयाँ गाउँपालिका–५ का वडाध्यक्ष केशबसिंह मडैको बिहीवार दिउँसो निधन भएको छ। अस्पताल जाँदै गर्दा उनी सवार गाडीलाई सुर्नयाँ केन्द्र बिबादमा आन्दोलन गरिरहेका युवाहरुले बाटोमै रोकेका थिए। करिब आधा घण्टा रोकिएका मडैको हृदयघातका कारण ज्यान गएको परिवारका सदस्यले बताए।

सुर्नयाँमा केन्द्र बिबादका कारण बुधवार हिंसात्मक झडप भएको थियो। उक्त झडपमा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट र प्रहरीसहित १४ जना घाइते भएका थिए। केन्द्र साबिककै स्थानमा हुनुपर्ने पक्षधर र पबितामा राख्नुपर्ने अर्को पक्षका बीचमा झडप भएको थियो। अध्यक्ष बिष्टलगायत पक्ष गाउँपालिका केन्द्र पबितामा राख्नुपर्ने अडानमा छ। अध्यक्षलगायतका माथि भएको आक्रमणको बिरुद्ध भइरहेको आन्दोलनका सहभागीहरुले वडाध्यक्ष मडैको गाडी रोकेका थिए।


प्रतिक्रिया दिनुहोस !