१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोरोना संक्रमितको संख्या बढेसंगै आईसीयु र भेन्टिलेटर अपुग



काठमाडौँ। बिहीबारसम्म देशभर ३ सय १४ जना कोरोना संक्रमितको आईसीयुमा र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।

डा. गौतमका अनुसार हालसम्म प्रदेश १ मा ३७, प्रदेश २ मा १९, बागमती प्रदेशमा १७५, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ५४, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिम प्रदेशमा ५ जनाको आईसीयुमा उपचार भइरहेको छ। यसैगरी भन्टिलेटरमा भने प्रदेश १ मा ६, प्रदेश २ मा १, बागमती प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ३ जनाको उपचार भइरहेको छ।

यसअघि बुधबारसम्म देशभर ३ सय ५ जना कोरोना संक्रमितको आईसियुमा र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो। पछिल्लो समय आईसीयु र भेन्टिलेटरको आवश्यकता पर्ने कोरोना संक्रमितको संख्या हरेक दिनजसो बढ्दै गइरहेको छ।


प्रतिक्रिया दिनुहोस !