१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलद्वारा पदभार ग्रहण



काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ-ग्रहणलगत्तै मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति विद्या भण्डारीले अर्थमन्त्री नियुक्त गरेकी हुन् ।

पदभार ग्रहणअघि मन्त्री पौडेललाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका हुन् । यसअघि भूकम्प, मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण धरासायी भएका बेला (२०७२ कात्तिक १९ गते) मा अर्थतन्त्रको बागडोर पौडेलले सम्हालेका थिए ।

अहिलेपनि कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर असर परेको अवस्थामा पुनः अर्थमन्त्रीको बागडोर सम्हाल्ने जिम्मेवारीमा पौडेल आइपुगेका हुन् ।


प्रतिक्रिया दिनुहोस !