Monday, September 9, 2024

ट्रेन्डिङ :

चितवनमा गम्भिर कोरोना सङ्क्रमितको संख्या बढेसंगै आईसीयू बेड पाउनै मुस्किल

चितवन । गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीको संख्या वृद्धि भएपछि भरतपुरका अस्पतालहरुमा आइसियुको अभाव हुन थालेकको छ । कोभिड १९ कोरोनाका विरामी राखेर उपचार गराउदै आएका तीन वटा ठूला अस्पतालमा आइसीयु शैया खाली नभएको आस्पतालले जनाएको छ । भरतपुर सरकारी अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले अहिले कोरोनाका विरामीलाई आइसीयुको अलगै शैया राखेर उपचार गराउँदै आएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भन्नु भयो ‘अस्पतालले छुट्टाएको १० वटा आइसीयु शैया खाली छैन । अस्पतालमा भर्ना भएर बसेका कोरोना संक्रमितलाई जटिल भएमा आइसियु चाहिले कठिन हुने भएको छ ।’ अस्पतालमा रहेकको आइसीयु मध्य १० वटा कोरोनालाई छुट्टाएका छौ अहिलेसम्म शैया खाली हुन पाएको छैन । अन्य समयमा भन्दा अहिले संक्रमित भएर आएकाहरुमा जटिल समस्या देखिने क्रम वढ्दो छ । त्यो अवस्थामा आइसियु भेन्टिलेटरमा राख्नु पर्ने हुन्छ । उहाँका अनुसार अस्पतालमा अहिले ६३ जना कोरोना संक्रमितको उपचार भइराखेको छ । ती मध्य १० जना आइसीयुमा रहेका छन् ।

कोरोना संक्रमितको उपचार गराउदै आएको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले भन्नु भयो ‘संक्रमित मध्य सातजनाको अवस्था गम्भिर छ ।’ ती विरामीको भेन्टिलेटरमा राखेर उपचार गरेका छौ । ती बाहेक अन्य विरामीपनि आइसीयुमा उपचाररत छन् । केही महिना यता उपचार गर्न आएकका कोरोना संक्रमित मध्य आइसियु, भेन्टिलेटरमा राख्नु पर्ने सख्या वृद्धि हुन थालेको छ । उहाँका अनुसार कोभिड १९ कोरोनाका विरामीलाई मात्रै राख्न भनेर २९ वटा शैया छुट्टाइएको छ । ती सबैमा विरामी भर्ना भएको उहाले जानकारी दिनुभयो ।

विरामीको चाप वृद्धि भएपछि आइसियुमा राख्नको लागि ठाउँ नभएपछि एचडीयुको व्यवस्था गरेको डाक्टर लम्सालले जानकारी दिनुभयो । अस्पतालमा अहिले ४४ शैयाको एचडीयुको व्यवस्था गरेको छ । अस्तालको आइसोलेसन खाली हुदै जाने तर आइसीयु र भेन्टिलेटर भरिने अवस्था आएको अस्पतालले जनाएको छ । २२० बेडको आइसोलेसन रहेको यो मेडिकल कलेजमा आइसोलेसनमा भन्दा आईसीयूमा बढी चाप छ । पुरानो मेडिकल कलेजले तीन भेन्टिलेटर, १६ बेडको आईसीयूसहित १०० बेडको आइसोलेसन बनाएको छ ।

आईसीयू बेड कम हुने तर संक्रमित भने गम्भीर प्रकृतिका आउन थाल्दा बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता थपिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पोडेल बताउनु हुन्छ । यहाँका अस्पतालमा विगतमा सामान्य लक्षण भएका संक्रमित मात्रै आउने गरेकामा पछिल्ला दिनमा बढी जोखिम भएका संक्रमित बढेका छन् ।

चितवनमा ७० भेन्टिलेटर, १५० आईसीयू, ३०० सुविधासम्पन्न शैया र ६०० वटा आइसोलेसन आवश्यक पर्ने अनुमान छ । तर स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले चितवन जिल्लाले आफ्नो लागि मात्रै तयारी गरेर सुख नपाउने बताउँनु हुन्छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ सय १८ जना सक्रिय संक्रमित छन् । तीमध्ये अस्पतालमा ३ सय ३६ र होम आइसोलेसनमा बस्नेको संख्या ७ सय ८२ छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लामा कूल संक्रमितको संख्या २ हजार ८ सय २६ रहेको छ । त्यसमध्ये ३७ जनाको मृत्यु भएको हो । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आउनेसमेत जोड्ने हो भने मृतकको संख्या ६७ पुगेको छ ।भरतपुरका असपतालमा चितवन, नवलपरासी, मकवानपुर, गोरखा , तनहुँ, धादिङ, रुपन्देहीलगायत १५ जिल्ला भन्दा धेरै स्थानबाट यहाँ विरामी उपचार गराउन आउने गर्दछन् ।- गोरखापत्र अनलाईनबाट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?