१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नवरात्रमा मठमन्दिरमा नित्यपूजा बाहेकका गतिविधिमा रोक लगाउन गृह मन्त्रालयको निर्देशन



काठमाडौँ। यस वर्षको नवरात्र शुक्रबारदेखि सुरु हुँदैछ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नवरात्रका समयमा शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाउन निर्देशन दिएको छ। धार्मिक स्थलमा मानिसहरुको जमघट हुँदा कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम रहने भन्दै गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई त्यस्तो परिपत्र गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले स्वास्थ्य मन्त्रालयले यी गतिविधिहरुमा रोक लगाउन लिखित आग्रह गरेका कारण सोही बमोजिम परिपत्र गरिएको जानकारी दिए। ‘हामीले स्वास्थ्यको आग्रहलाई कार्यान्वयन गर्न निर्देशन दिएका हौँ’, सहसचिवसमेत रहेका बुढाले भने।


प्रतिक्रिया दिनुहोस !