१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

यस वर्षको पूर्ण शान्ति पुरस्कार सई चन्दलाई, सर्वोत्कृष्ट अनुसन्धान अधिकृत सई कटुवाल



काठमाडौँ। प्रहरी दिवसको दिन नेपाल प्रहरीले प्रधान गर्दै आएको पूर्ण शान्ति पुरस्कार यस वर्ष नायब निरीक्षक-सई कृष्णबहादुर चन्दलाई प्रदान गरिएको छ। चन्द नेपाल प्रहरीको प्रतिआतङ्कवाद युनिट विशेष ब्युरोमा कार्यरत छन्। ६५ औँ प्रहरी दिवसको अवसरमा सो पुरस्कारका लागि उनलाई छनौट गरिएको हो। सर्वोत्कृष्ट अनुसन्धान अधिकृत महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास कटुवाल चुनिएका छन्।

यो वर्षको योगेन्द्र स्मृति पुरस्कार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायव निरीक्षक सागर राणाले पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !