१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

राष्ट्रियसभाका पूर्वसांसद प्रा. डा. राममान श्रेष्ठको निधन



काठमाडौं । राष्ट्रियसभाका पूर्वसांसद प्रा. डा. राममान श्रेष्ठको निधन भएको छ । उनको काठमाडौं भीमसेनगोलास्थित निवासमा ८२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्रेष्ठ त्रिभुवन विश्वविद्यालय गणित विषयका प्राध्यापक, नेपाल प्राध्यापक सङ्घका पूर्व सभापति, नेपाल बुद्धिजीवी परिषद्का पूर्वअध्यक्ष, त्रिविका पूर्वशिक्षाध्यक्ष पनि हुन् । उनी २०५४ सालमा नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले श्रेष्ठको निधनले आफू मर्माहत भएको भन्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !