१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपालमा कोरोना संक्रमण नियन्त्रण बाहिर जाने खतरा



काठमाडौं : असोज ३०, नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिइसकेको छ । दैनिक तीन हजारमाथि संक्रमित भेटिइरहेका छन् । अझ काठमाडौं उपत्यकाको स्थिथिझन् भायवहहुने देखिएको छ । पछिल्ले केहीदिनयता काठमाडौं उपत्यकामा दैनिक २ हजार बढी संक्रमित थपिईरहेका छन् । यही स्थिति कायम रहे काठमाडौंका अस्पतालहरुले कोरोनाको भार थेग्न नसक्ने चिन्ता बढेको छ । सरकारले कोरोनाभाइरसको परीक्षण र उपचारमा ठूलो रकम खर्च भएको र सेवा सुविधाको पनि अधिकतम् विस्तार गरेको दाबी गरेपनि संक्रमण भने नियन्त्रणबाहिर जाने संकेत देखिएको छ ।

नेपालमा कोरोना परीक्षण गर्न थालिएको सात महिनाको अवधिमा कुल जनसंख्याको ४ प्रतिशत व्यक्तिमा परीक्षण भएको सरकारी तथ्यांक छ । १२ लाख बढीको ‘पीसीआर’ परीक्षण हुँदा एक लाख २५ हजार बढीमा संक्रमण देखिएको छ । देशभरका निजी तथा सरकारी प्रयोगशालामा दैनिक १६ हजारमाथि व्यक्तिको परीक्षण हुँदा औसतमा चार हजार बढी संक्रमित भेटिन थालेका छन् । पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा संक्रमितको संख्या उकालो लाग्दोक्रममा छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्यासमेत बढ्दो छ । सरकारले महामारी नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको बताएपनि नतिजा भने भरोसा गर्न सकिने खालको देखिँदैन ।

हाल काठमाडौं उपत्यकामा ५० हजार बढी संक्रमित रहेकोमा काठमाडौं जिल्लामा मात्र ४० हजारमाथि संक्रमित छन् । प्रदेश नम्बर १ का तीन जिल्ला मोरङमा पाँच हजारमाथि, सुनसरीमा तीन हजार र झापामा एक हजार बढीमा संक्रमण देखिएको छ । प्रदेश नम्बर(२ का ८ मध्ये चार जिल्लामा दुई हजारमाथि र चार जिल्लामा एक हजार बढीमा संक्रमण देखिएको छ । वाग्मती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र काभ्रेमा बढी संक्रमण भेटिएको छ । हालसम्म गण्डकी प्रदेशका दुई जिल्ला कास्की र नवलपरासी पूर्वमा एक हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।

लुम्बिनी प्रदेशका रुपन्देहीमा चार हजार, बाँकेमा दुई हजार, कपिलवस्तु र दाङमा मात्र एक हजार बढी व्यक्तिमा संक्रमण देखिएको छ । कर्णाली प्रदेशका पनि सुर्खेत र दैलेखबाहेक अन्य जिल्लामा संक्रमित कम छन् । सुर्खेतमा दुई हजार र दैलेखमा एक हजारमाथि संक्रमित छन् । सुदूरपश्चिम प्रदेशका डोटी, अछाम र कैलालीमा मात्र एक हजारभन्दा बढीमा संक्रमण देखिसकेको छ ।सरकारको उदासीनता र सर्वसाधारणको लापरबाहीका कारण संक्रमण बढेको र सक्रिय संक्रमितको उपचार र व्यवस्थापनमा अझैपनि ध्यान नदिने हो भने अवस्था निकै भयावह हुने खतरा बढेको स्वास्यविद्हरु बताउँछन् । परीक्षण, उपचार र अन्य सुविधा राम्रै भएपनि समग्र व्यवस्थापन सबल नहुँदा महामारी भयावह बन्दै गएको विज्ञहरुको भनाइ छ ।

यसैले महामारीको मारबाट पार पाउन विगतको कमजोरीबाट पाठ सिक्दै युद्धस्तरको योजना तयार गरी कार्यान्वयन तहमा लैजान ढिलाइ गर्नु हुँदैन । पछिल्लो २४ घण्टामा मात्रै ४३९२ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै २४०२ जना कोरोना संक्रमित थपिएका छन् । भने पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ । यदी सरोकारवाला निकाय र आम नागरिकसचेत नहुने हो भने ब्राजिल, इटाली र अमेरिकाको जस्तै भयावह हुने खतरा देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !