१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

आजदेखि सबै बैंकहरुको स्थिर ब्याज दर लागू



काठमाडौँ। सबै बैंकहरुले अब घर कर्जाका लागि ९ देखि ११ प्रतिशत ब्याज दर, व्यक्तिगत कर्जाको ब्याज दर १० देखि ११ प्रतिशतसम्म तोकेको छ । कृषि विकास बैङ्कले ९.७५ देखि साढे १२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । सवारी कर्जा साढे १० प्रतिशत छ भने १० वर्षमाथिको घर कर्जाको ब्याज ११.२५ प्रतिशत तोकेको छ। निजीतर्फ हिमालयन बैङ्कले मुद्दती निक्षेपतर्फ रिकरिङतर्फ ४ देखि अधिकतम ७.२५ प्रतिशतसम्म ब्याज दर तथा व्यक्तिगततर्फ न्यूनतम तीन महिनेमा चारदेखि अधिकतम पाँचदेखि १० वर्ष अवधिको ९ प्रतिशत रहेको बैङ्कले जनाएको छ । कर्जातर्फ आधार ब्याज दरमा अधिकतम ५ प्रतिशत प्रिमियममा सबै प्रकारका कर्जा उपलब्ध गराउने भएको बैङ्कले जनाएको छ।

सेन्चुरी बैङ्कले पाँच वर्ष अवधिको घर कर्जा ११.४९ प्रतिशत, १० वर्षका लागि ११.९९ प्रतिशत, १० वर्षभन्दा माथिका लागि १२.९४ प्रतिशत ब्याज दर कायम हुने जनाएको छ । भदौसम्मको बेस रेट ८.७६ प्रतिशत रहेको बैङ्कले सवारी कर्जा र व्यक्तिगत कर्जाको ब्याज दर ११.९९ देखि १२.९९ प्रतिशतसम्म तोकेको छ। नेपाल बङ्गलादेश बैङ्कले पनि पाँच वर्षसम्म वा सोभन्दा बढी अवधिका लागि ९.९९ प्रतिशत ब्याज दरदेखि १०.९९ प्रतिशतसम्म तोकेको बैङ्कले घर कर्जा ९.९ देखि ११.९ प्रतिशतसम्म रहने जनाएको छ। एनएमबी बैङ्कले पनि घर कर्जाका लागि ९.४९ देखि १२.२४ प्रतिशतसम्म ब्याज दर तोकेको छ । जुन पाँच वर्षदेखि १५ वर्षसम्म अवधिको हो । बैङ्कको सवारी कर्जा ९.४९ देखि ११.२४ प्रतिशतसम्म रहेको छ । यस्तै वातावरणमैत्री घरका लागि ०.५० प्रतिशत ब्याज दर कम हुने तथा व्यक्तिगत कर्जा १०.४९ देखि १३.२४ प्रतिशतसम्म रहेको बैङ्कले जनाएको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको पनि व्यक्तिगत कर्जा पाँच वर्षसम्मका लागि १३ प्रतिशत ब्याज दर, सवारीसाधन कर्जा १०.७५ प्रतिशतदेखि ११.७५ प्रतिशतसम्म, घर कर्जा १०.७५ देखि १३.७५ प्रतिशतसम्म रहेको छ। लक्ष्मी बैङ्कले एक वर्षदेखि १५ वर्षसम्मको घर कर्जाका लागि ८.४९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याज दर तथा एजुकेसनल कर्जामा पनि सोही अवधिका लागि ८.४९ देखि १४.४९ सम्म ब्याज दर तोकेको छ । सवारी कर्जामा न्यूनतम ८.४९ देखि अधिकतम १३.९९ प्रतिशत ब्याज दर कायम गरेको छ । यसमा भने एक वर्षदेखि १० वर्ष अवधिसम्मको लागि रहेको छ । व्यक्तिगत कर्जामा पनि ९.९९ प्रतिशतदेखि १४.४९ प्रतिशतसम्म रहेको छ । नेपाल एसबीआई बैङ्कले पनि १० वर्षभन्दा माथिको घर कर्जामा १४.५० प्रतिशत ब्याज दर र सवारी कर्जाका लागि १० वर्षसम्म १४ प्रतिशत ब्याज दर तय गरेको छ ।

मेगा बैङ्कले घर कर्जाका लागि बेस रेटमा ५ प्रतिशतसम्म ब्याज दर तोकेको छ भने अटो लोन, शैक्षिक कर्जा, व्यक्तिगत कर्जा सबैको ५ प्रतिशत तोकिएको छ । बैङ्कको बेस रेट भदौ मसान्तसम्म ८.१० प्रतिशतसम्म छ । बैङ्क अफ काठमान्डुले घर कर्जा (१० वर्षदेखि १५ वर्षसम्मका लागि) १०.९८ प्रतिशतदेखि १२.९८ प्रतिशतसम्म, सवारी कर्जा ९.९९ प्रतिशतदेखि ११.४९ प्रतिशतसम्म ब्याज दर तोकेको छ । बीओकेले सार्वजनिक गरेको नयाँ ब्याज दरमा शैक्षिक कर्जा, आवास कर्जा र अन्य कर्जामा अधिकतम ११.९९ प्रतिशतसम्म ब्याज दर लिने जनाएको छ।

माछापुच्छे« बैङ्कको घर कर्जा पाँच वर्षसम्मका लागि ९.८९ प्रतिशत, पाँचदेखि १० वर्षसम्मका लागि १०.८९ प्रतिशत र १० देखि माथिका लागि ११.८९ प्रतिशत ब्याज दर तोकिएको छ भने सवारी कर्जा ९.९ देखि १०.९९ प्रतिशतसम्म रहेको छ । अन्य रिटेल कर्जा पनि १०.२४ देखि १२.२४ प्रतिशतसम्म तोकेको छ। सिद्धार्थ बैङ्कले १० वर्षभन्दा बढी अवधिको घर कर्जामा १०.९९ प्रतिशत ब्याज दर तोकेको छ भने पाँच वर्षभन्दा माथिको सवारी कर्जामा १०.९९ प्रतिशत ब्याज दर रहेको छ । ग्लोबल आईएमई बैङ्कले तोकेको ब्याज दरअनुसार १५ वर्षसम्मको घर कर्जामा ११.९ प्रतिशत तथा पाँच वर्षसम्मको गाडी खरिदका लागि ११.९९ प्रतिशत रहेको छ । नेपाल इन्भेस्टमेन्ट बैङ्कको सात वर्ष अवधिको गाडी किन्न १०.७५ प्रतिशत तथा घर कर्जाका लागि १० वर्षको ब्याज दर साढे १२ प्रतिशत छ।

प्रभु बैङ्कले पनि पाँच वर्षसम्मको घर कर्जामा ९.९९ प्रतिशत र सवारी कर्जाका लागि १०.२४ प्रतिशत ब्याज दर तथा पाँचदेखि १० वर्षसम्मको घर कर्जाका लागि १०.९९ प्रतिशत र सवारीका लागि ११.२४ प्रतिशत ब्याज दर तोकेको छ । नबिल बैङ्कले १५ वर्षसम्मको घर र सवारीका लागि ११ प्रतिशत ब्याज दर तोकेको छ भने पाँचदेखि १० वर्षसम्मका लागि १०.५० प्रतिशत ब्याज दर तोकेको छ। प्राइम कमर्सियल बैङ्कको पनि १० वर्षभन्दा माथिको घर कर्जामा साढे १२ प्रतिशत ब्याज दर रहेको छ । सानिमा बैङ्कले पनि ८.२५ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । तीन वर्षमाथिको ऋणको ब्याज १३ प्रतिशत तोकेको छ।


प्रतिक्रिया दिनुहोस !