१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौँ उपत्यकामा १७४६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ७ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४ सय ५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ६७ जना संक्रमित थपिएका छन् भने १२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।


प्रतिक्रिया दिनुहोस !