१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

शिलालेखमा आफ्नो नाम नराखेको भन्दै घोडाघोडीकी उप-प्रमुखले गरिन उद्घाटनमै हंगामा



कैलाली। कैलालीको घोडाघोडी नगरपालिकाले निर्माण गरेको वडा–७ को कार्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा शनिवार गजबको दृष्य देखियो। उप-प्रमुख प्रेमकुमारी थापाले भवनको शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै बबन्डर मच्चाइन।

‘शिलालेखमा मेयरको नाम छ, मेरो किन राखिएन’ भन्दै उनले त्यही शिलालेखमा ढुंगा प्रहार गरिन। उनले नगर सरकारविरुद्ध नाराबाजी गर्दै ढुंगा प्रहार गरेको देखेपछि उद्घाटनमा आएका अतिथि छक्क परे। कार्यपालिकामा कुनै छलफल नगरी नगर प्रमुखले एकलौटी ढंगले नाम लेख्न दिएको उप-प्रमुख थापाको आरोप थियो।

कार्यक्रमका सहभागीहरुले बारम्बार सम्झाउदा पनि उप-प्रमुख थापाले मानिनन्। झनै आक्रोसित हुदै नगर सरकार बिरुद्ध नाराबाजी गरेकी थिइन्। उनले तत्काल शिलालेख हटाउन पर्ने माग गरेकी छन्।


प्रतिक्रिया दिनुहोस !