१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौं उपत्यकामा १६९८ सहित देशभर २९४२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १४६९ जना, भक्तपुरमा ९९ र ललितपुरमा १३० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।


प्रतिक्रिया दिनुहोस !