१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मिलेन केन्द्रले हस्तक्षेप गरेको कर्णालीको विवाद, ओली-प्रचण्डको बैठक निश्कर्षविहीन



काठमाडौं : कात्तिक २, कर्णाली प्रदेश संसदीय दलमा देखिएको विवाद सल्ट्याउन बसेको प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड बीचको बैठकले निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री ओलीले शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी सहइन्चार्ज यामलाल कँडेलसहित दुवै पक्षलाई अध्यक्षद्वयले निकालेको निष्कर्ष मान्नुपर्ने बताएका थिए । प्रचण्डले पनि बिहीबार र शुक्रबार दुवै पक्षलाई बोलाएर छलफल गरेका थिए ।

त्यही अनुसार दुईजना अध्यक्ष आइतबार छलफलमा जुटेका थिए । तर, बैठकले कुनै पनि निश्कर्षमा पुगेन । छलफल जारी राख्ने निचोड निकाल्दै बैठक टुङ्गिएको बताईएको छ । अघिल्लो आइतबार संसदीय दलका १८ जना सांसदहरूले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएपछि सत्तारुढ नेकपामा केन्द्रको विवाद प्रदेश पुगेको जानकारहरु बताउँछन् । प्रदेशको विवादमा केन्द्रले हस्तक्षेप गरेपछि त्यसको सर्वत्र आलोचना भईरहेको छ । कर्णाली प्रदेश विवाद सुल्झाउन आज मात्रै अध्यक्षद्वय ओली र प्रचण्डले एक्लाएक्लै दुवै पक्षसँग कुराकानी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !