Sunday, November 10, 2024
spot_img

ट्रेन्डिङ :

प्रमलाई गगन थापाको प्रश्न- सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा बसेको छ भन्नु पर्यो

spot_img
spot_img

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले कोरोना संक्रमितको परीक्षण र उपचार खर्च राज्यले नबेहोर्ने सरकारको पछिल्लो निर्णयको कडा शब्दमा आलोचना गरेका छन्। पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले खुद्रा खुद्रामा निर्णय गर्नुभन्दा बरु संक्रमितको संख्या गन्नु बाहेक सरकारले केही नगर्ने जानकारी गराइदिन भन्दै सरकारलाई व्यङ्ग्य गरेका छन्।

‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय ‘कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नू’ ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै थापाले लेखेका छन्, ‘हरेक दिन खुद्रा खुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सिधै भनिदिनुस् सरकार स्वयं संक्रमित भएर आइसोलेशनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?