८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

बुटवल उपमहानगरपालिकाद्वारा भेन्टिलेटर र आईसियूका बेड थप गर्न लुम्बिनी प्रदेश सरकारसँग आग्रह



रुपन्देही- रुपन्देहीको बुटवल उपमहानगरपालिकाले भेन्टिलेटर र आईसियूका बेड थप गर्न लुम्बिनी प्रदेश सरकारसँग आग्रह गरेको छ । रुपन्देहीलगायत यो प्रदेशमा संक्रमणको उच्च जोखिम बढेको र सबै अस्पतालमा आईसियु र भेन्टिलेटर अभाव भएकाले तत्काल व्यवस्थापनका लागि पहल गर्न आग्रह गरिएको नगर प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

आईसियू र भेन्टिलेटर बेड थपका लागि मापदण्ड पुग्ने नगरभित्रका जुनसुकै भवन उपलब्ध गराउन तयार रहेको बताउँदै प्रमुख सुवेदीले आवश्यक जनशक्ति र बजेट व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

उपमहानगरको ६८ औं कार्यपालिका बैठकले जनस्वास्थ्यमा थप संवेदनशील बन्न प्रदेश सरकारलाई आग्रह गर्दै सहकार्य र समन्वयका लागि तयार रहेको निर्णय गरिएको सुवेदीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !