१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

खाद्य अनुज्ञापत्र नभएको मासु बिक्री गर्दै भाटभटेनी सुपरमार्केट



काठमाडाैँ– काठमाडौँ महानगरपालिकाले सोमबार गरेको अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटमा बिक्रीमा राखिएको मासुको खाद्य अनुज्ञापत्र नभएको पाइएको हो। महानगरले काठमाडौँको कलंकीमा रहेको भाटभनेनी सुपरमार्केटमा अनुगमन गरेको थियो। अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दै महानगरपालिकाका पशु विभाग अधिकृत डम्बरबहादुर बमले खाद्य अनुज्ञापत्र नभएको मासु बिक्रीका लागि राखिएको पाइएको बताए।

भाटभटेनीले नेपालगञ्जबाट खसीबोकाको मासु ल्याई बिक्री वितरण गर्दै आएको छ । अनुज्ञापत्र नलिई बिक्री गरेको पाइएपछि सम्बन्धित आपूर्तिकर्तालाई फोनगरी खाद्य अनुज्ञापत्र तत्काल लिन आग्रह गरिएको पनि महानगरका पशु विभाग अधिकृत बमले बताए। भाटभटेनी सुपरमार्केटले नेपालगञ्जबाट खसीबोकाको मासु ल्याई बिक्री वितरण गर्दै आएको छ। भाटभटेनीले खसीको प्रतिकेजी ९ सय ९९ रुपैयाँमा र बोकाको ८ सय ९९ सय रुपैयाँमा मासु बिक्री गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !