१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

असइ हत्या प्रकरणः प्रहरी जवानको शव पनि भेटियो



कैलाली- शनिबार राती गस्तीमा गएका बेला तस्करहरुले हत्या गरेका अर्का प्रहरी जवान रामबहादुर साउँदको शव फेला परेको छ। उनको घटनास्थलबाट करिब एक सय मिटरको दुरीमा शव फेला परेको हो। उनको सीमास्तम्भ नम्बर ७४५ देखि एक सय मिटर पूर्वमा साउँदको शव फेला परेको प्रत्यक्षदर्शी धनबहादुर विकले जानकारी दिए। उनले साउँदको शव नदीमै भेटिएको बताउदै अझै बाहिर निकाली नसकेको बताए।

‘असइ गोविन्द विकसँगै गएका अर्का प्रहरी जवानको शव पनि हत्या गरेर फालिएको अवस्थामा भर्खरै मोहना नदीमा फेला परेको छ,’ उनले भने ‘उनको शव गोविन्दको शवभन्दा झण्डै एकसय मिटर पर फेला परेको हो। तर प्रहरीले अझै शव बाहिर निकालिसकेको छैन।’ उनका अनुसार प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाउदै छ।


प्रतिक्रिया दिनुहोस !