१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

उद्योग वाणिज्य महासंघको चुनावको मतदानका लागि तीन स्थान तोकिए



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । चैतमै हुनुपर्ने निर्वाचन कोभिडका कारण रोकिएको थियो । नयाँ कार्यतालिका अनुसार आगामी मङ्सिर ११ र १२ गते ५४ औ वार्षिक साधारण सभाको मिति तोकिएको छ । साधारणसभाको अन्तिम दिन अर्थात १२ गते निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्ष तथा अन्य पदहरुमा भने निर्वाचन हुनेछ । कार्यतालिका अनुसार तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइनेछ । महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रम हरू गर्ने सूचनामा भनिएको छ । कोभिड १९ र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई द्धिष्टिगत गर्दै भिन्दा भिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनावी मैदानमा उत्रदैछन् ।


प्रतिक्रिया दिनुहोस !