१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

डोटीका कांग्रेस नेता तेजबहादुर पुनको कोरोना संक्रमणबाट निधन



डोटी। कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको निधन भएको छ । नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि नेता पुनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालका अनुसार उपचारकै क्रममा उनको बुधवार निधन भएको हो । मंगलबार पुनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो।


प्रतिक्रिया दिनुहोस !