१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण पुष्टि



काठमाडौँ- पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा र उनकी पत्नीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। पूर्वसञ्चारमन्त्री बास्कोटाले एक ट्विट गरी बिहीबार यसको जानकारी गराएका हुन्। उनले आफूसँग आफ्नी पत्नीलाई पनि कोरोना संक्रमण भएको जानकारी गराएका छन्। उनलाई कुनै लक्षणबिनै कोरोना पोजेटिभ देखिएको र उनकी पत्नी तारा मानन्धरलाई भने लक्षणसहित कोरोना संक्रमण देखिएको बास्कोटाले जानकारी गराएका छन्।

उनका दुवै छोरालाई भने कोरोना संक्रमण नदेखिएको जानकारी पनि बास्कोटाले गराएका छन्। उनले आफू दस दिनदेखि घरमै रहेकाले कसैलाई संक्रमण नसारेको हुनसक्ने जानकारी पनि गराएका छन्।


प्रतिक्रिया दिनुहोस !