काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले लुक्ला विमानस्थलमा अनिश्चितकालका लागि उडान बन्द गरेको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढेको भन्दै गाउँपालिकाले सबै हेलिकप्टर कम्पनी, तारा, समिट र सीता एयरलान्सलाई पत्र लेखी कात्तिक ७ देखि अनिश्चितकालसम्म लुक्लामा पर्यटक नल्याइदिन आग्रह गरेको छ ।
गाउँपालिकाका स्थायी वासिन्दा, राष्ट्रसेवक कर्मचारी र शिक्षकबाहेक अरुले प्रवेश गर्न नपाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले पत्रमा उल्लेख गरेका छन् । गाउँपालिकका अनुसार कोरोना भाइरस संक्रमण फैलिन नदिन गाउँपालिकाभित्रका होटल तथा लज पनि बन्द गरिएका छन् । गाउँपालिकाका वासिन्दा, शिक्षक, कर्मचारीले गाउँ आउन ७२ घण्टाभित्र पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ ।
गाउँपालिकाको पत्र
![](https://i0.wp.com/supremekhabar.com/wp-content/uploads/2020/10/khumbu-pasang-lhamu-gaunpalika-724x1024.gif?resize=720%2C1018&ssl=1)