१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपाली जनता अभिभावकविहीन टुहुरा जस्तै बनेका छन्ः पूर्वराजा ज्ञानेन्द्र



काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले बडा दशैंका अवसरमा सबैलाई शुभकामना मन्तव्य दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले यस विषम परिस्थितिमा विश्वमानव जगतले जस्तै नेपालीले पनि दुःख भोग्नुपरेको बताउँदै दशैं आए पनि हर्षोल्लासका साथ मनाउने अवस्था नभएको उल्लेख गरेका छन् ।

उनले मन्तव्यमा भनेका छन्, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बांच्ने आत्मबोध सबैमा हुनु पर्दछ । संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक बिहीन टुहुरा बनेको पीडाबोध यति बेला हुदैछ ।’

पूर्वराजा ज्ञानेन्द्रले समाजमा आपराधिक घटना र पिशाच प्रवृत्तिको विकास भएको पनि उल्लेख गरेका छन् । उनले मन्तव्यमा अगाडि भनेका छन्, ‘बाज सबैले बढ्दो आशुरी र भष्मासुरी प्रबृत्तिबाट उन्मुक्ति चाहिरहेका छन् ।’

उनले दिएको मन्तव्यको पूर्णपाठः

प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू,
विश्व मानव जगतले असहजता र कठिनाइको सामना गरिरहेको स्थितिमा नेपालीहस्को महान चाड विजया दशमीको अगमन भएको छ । हर्षोल्लासका साथ विजया दशमी मनाउन सकिने अवस्था नरहे पनि हामी देश भित्र र देश बाहिर रहे बसेका समस्त नेपालीहरुमा सुख, सुस्वास्थ्य, शान्ति र सम्मृद्धिको लागि शुभकामना व्यक्त गर्दछौ ।

प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं तर विपत्तिसंग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ । जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बांच्ने आत्मबोध सबैमा हुनु पर्दछ । संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक बिहीन टुहुरा बनेको पीडाबोध यति बेला हुदैछ ।

हाम्रो आहार विहार, आचार बिचार, विधि व्यबहार, शासन प्रशासन एवं पद्धति प्रणाली हाम्रै प्रकृति र संस्कृति अनुरुप हुनु पर्दछ । अनि मात्र्र हामी स्वस्थ, सुखी, शान्त, सुरक्षित र सम्मृद्ध हुन सक्दछौं । आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर जब हामी व्यक्तिवाद, समुहबाद तर्फ उन्मुख हुन्छौ तब स्थिर, सुदृढ र सन्तोषजनक राष्ट्रिय परिणाम प्राप्त हुन सक्दैन ।

विदेशमा गएर रोजगारीमा लागेकाहय संकटमा छन् भने देश भित्र उनीहरुको श्रम, शिप र सामथ्र्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त भइरहेको छैन । त्यसैले देश, समाज र परिवारको मोह ममताले आएकाहरु पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ । राहत, रोजगार र रोगको उपचार खोज्दै भौतारिएका जन समूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुश गराउन सकिएको पैन । त्यसैगरि दैनिक जीविकाको अत्यावश्यक वस्तुको मुल्य बृद्धि, अभाव र गुणस्तरीयतामा हास जस्ता विषयले हाम्रो जन जीवन पिरोलिएको छ । अनि समाजमा अनेक अपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि बडा गरेको व । त्यसैले बाज सबैले बढ्दो आशुरी र भष्मासुरी प्रबृत्तिबाट उन्मुक्ति चाहिरहेका छन् ।

नेपाललाई चिनौं, नेपाललाई बुझौ, नेपाली भएर बाँचौ अनि नेपाल र नेपालीको निम्ति सोची नेपालकै हितका खातिर र नेपाली शैलि अंगालेर नेपाल उज्यालो बाटोतिर लैजाजी सबैसंग सधै हामीले गर्दै आएको यही आग्रह हो । श्री नवदुर्गा भवानीने त्यही दिव्य शक्ति, राष्ट्रभक्ति र आत्म प्रवृत्ति तर्फ लाग्न हामी सबैलाई प्रेरणा प्रदान गरुन् ।
जय नेपाल ।

२०७७ साल कार्तिक ६ गते


प्रतिक्रिया दिनुहोस !