१० जेष्ठ २०८१, बिहीबार
 |   Thu May 23 2024
Logo

च्याम्पियन्स लिगः इग्लिस क्लबलाई सफलता



एजेन्सी। च्याम्पियन्स लिग फुटबलअन्तर्गत बिहीबार विहान सम्पन्न खेलमा इग्लिस क्लब लिभरपुल र म्यानचेस्टर सिटीले सफलता प्राप्त गरेका छन् । डिफेन्डिङ च्याम्पियन बायर म्युनिखले पनि दमदार सुरुवात गरेको छ भने स्पेनिस क्लब रियल मड्रिडको सुरुवात पराजयबाट भएको छ ।

बिहीबार सम्पन्न खेलहरुमा इग्लिस क्लब लिभरपुलले आयक्सलाई १–० ले पराजित ग¥यो । लिभरपुललाई यो गोल आयक्सले उपहार दिएको हो । खेलको ३५ औं मिनेटमा आयक्सका रक्षक निकोलस तागिलियाफिकोले आत्मघाती गोल गरेका थिए । अर्को इग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगली क्लब पोट्रोलाई ३–१ ले पराजित गरेको थियो । सिटीका लागि सार्जियो उइगुरोले २० मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए भने, इल्की गोनडोगनले ६५ औं र फेरान टोरेसले ७३ औं मिनेटमा गोल गरेका थिए । खेल सुरु भएको १४ औं मिनेटमै पेट्रोका लुइस डिजले गोल गरेका थिए ।

यस्तै अन्य खेलमा एटलान्टाले मिडज्याल्यान्डलाई ४ गोल ठोक्यो भने ओलम्पियसले मार्सेलोविरुद्ध १ गोलले विजयी भयो । डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर म्युनिखले एथलेटिको म्याडिङलाई ४ गोल ठोक्यो भने इटालियन क्लब इन्टरमिलान र मोनचेनग्लाबिचको खेल २–२ को बराबरीमा सकियो । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह चरणको पहिलो खेलमा रियल युक्रेनी क्लब शाख्तर डोनेस्कसँग ३–२ ले पराजित भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय