Wednesday, September 18, 2024

ट्रेन्डिङ :

खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालीले जिते दुई अवार्ड

काठमाडौं । विद्यालयस्तरको खगोल विज्ञानसम्बन्धी एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले दुई वटा अवार्ड हात पारेको छ । यस वर्ष सञ्चालित ‘ग्लोबल ई–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स’मा नेपालका लागि सेन्ट जेभियर्स कलेज माइतिघरका राहुल रञ्जन साह र क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर कोटेश्वरका अंशुराज सेढाईले अनरेबल मेन्सन अवार्ड प्राप्त गरेका हुन् ।

नेपालका तर्फबाट सुरेश भट्टराईको नेतृत्वमा सम्मिलित टोलीमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको तर्फबाट मेन्टरका रुपमा संस्थाका परियोजना संयोजक तथा निर्देशक मनिषा द्वा, संस्थाका असोसियट सदस्य तथा पूर्व ओलम्पियाड प्रतियोगीहरु विजयचन्द्र लुईटेल र अंकित वेन्जु श्रेष्ठ सामिल थिए । असोज ९ गते सुरु भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कार्तिक ७ गते समापन गरिएको थियो । व्यक्तिगत तथा सामुहिक गरी दुई विधामा संचालित प्रतियोगितामा नेपालले व्यक्तितर्फ दुई अवार्ड हात पारेको हो । प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ १५४ बाढीले भाग लिएका थिए ।

नेपालबाट सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनौट भएका १४ विद्यार्थी प्रतियोगितामा सहभागी गराइएको हो । कोभिड–१९ को कारण कोलोम्बियामा हुने भनिएको चौधौं इन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् २०२१ का लागि सारिएसँगै यस वर्ष विद्यार्थीहरुको मनोबल उच्च राख्न तथा यो विषम परिस्थितिमा पनि अन्तर्राष्ट्रियस्थरको गतिविधि कायम गर्ने प्रयास स्वरुप ईन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्सको संचालक समितिले ईस्टोनियाको सरकार तथा विज्ञहरूको अनलाइन प्रतियोगिता गराइने अनुरोध पारित गरेको थियो ।

राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड नेपालमा अध्ययनरत कक्षा ८ देखि १२ सम्म अध्ययनरत २० वर्षभन्दा मुनिका विद्यार्थीहरुका लागि संचालित एक प्रतिभा पहिचान कार्यक्रम हो । सन् २०१४ देखि नेपालमा संचालित यस प्रतियोगितामा सामेल विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई पदक तथा अवार्ड प्राप्त गरेर देशभित्र र बाहिर उच्चस्तरीय विश्वविद्यालय तथा क्याम्पसमा भर्ना भई उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।

अब आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन छिटै खोलिने बताइएको छ । आवेदन तथा थप जानकारी www.nepalastronomicalsociety.org/olympiad मा छिट्टै उपलब्ध हुने नेपाल एष्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?