५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

यस साता अहिलेसम्मकै उच्च संक्रमण, ११५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो एक सातामा हालसम्मकै उच्च संक्रमण देखिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएदेखि हालसम्म एक सातामा उच्च संक्रमण देखिएको हो ।

पछिल्लो एक सातामा आइतबारदेखि शनिबारसम्म देशभर २५ हजार ९२९ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । गत साता २० हजार कोरोना संक्रमित देखिएका थिए । यो साता गत साताको भन्दा करिब ६ हजार संक्रमित बढी देखिएका हुन् ।

त्यसैगरी आइतबारदेखि शनिबारसम्म विभिन्‍न अस्पताल र आइसोलेसनबाट १७ हजार ६९४ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो सात दिनमा ११५ जनाको मृत्यु भएको छ । गत साता ११३ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यस साताको कोरोना ग्राफ :

आइतबार देशभर दुई हजार ९४२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३२६ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । सोमबार देशभर तीन हजार ७९० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३३५ जना डिस्चार्ज भएका थिए । सोमबार देशभर १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

मंगलबार देशभर तीन हजार ९३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार १०८ जना डिस्चार्ज भएका थिए । मंगलबार देशभर ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । बुधबार देशभर पाँच हजार ७४३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ९९६ जना डिस्चार्ज भएका थिए । बुधबार देशभर २६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो ।

बिहीबार देशभर तीन हजार ६३७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार २१५ जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर २१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । शुक्रबार देशभर चार हजार ४९९ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ६६८ जना डिस्चार्ज भएका थिए । शुक्रबार देशभर १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

शनिबार देशभर दुई हजार २२५ कोरोना संक्रमित देखिएका छन् भने दुई हजार ८४६ जना डिस्चार्ज भएका छन् । त्यसैगरी शनिबार १३ कोरोना संक्रमितको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !