५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

पोल्यान्डका राष्ट्रपति डुडालाई कोरोना स‌ंक्रमण



पोल्यान्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोरोना संक्रमण भएको छ । राष्ट्रपति डुडालाई संक्रमण भएको उनका प्रवक्ता ब्लाजेज स्पाइचाल्सीले शनिबार जानकारी गराएका छन् । प्रवक्ता स्पाइचाल्स्कीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । राष्ट्रपति डुडालाई शुक्रबार साँझ आएको रिपोर्टमा कोभिड– १९ को संक्रमण पुष्टि भएको हो । संक्रमणपछि डुडा र उनको कार्यालयका सबै कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ ।

पोल्यान्डमा दुई लाख ४१ हजार नौ सय ४६ व्यक्तिमा संक्रमण देखिएको छ । अहिलेसम्म चार हजार तीन सय ५१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस !