५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

मुम्बईको सिटी सेन्टरमा भीषण आगलागी, १२ सय पसलमा क्षति



मुम्बईको नागपाडा क्षेत्रमा रहको सिटी सेन्टर मलमा भीषण आगलागी भएको छ । शुक्रबार राति लागेको आगोका कारण मलमा रहेका १२ सय पसलमा क्षति पुगेको छ । शनिबार बिहान केही हिस्सामा आगो नियन्त्रणमा आएको भास्कर दैनिकले जनाएको छ ।

आगलागीको सूचना पाएपछि मध्यराति नै महाराष्ट्रका मुख्यमन्त्री आदित्य ठाकरे घटनास्थल पुगेका थिए । प्रहरीका अनुसार आगलागीबाट करिब दुई हजार करोड रुपैयाँको नोक्सानी भएको छ । मलमा आगलागी हुँदा करिब पाँच सय मानिस रहेको कुनै मानवीय क्षति भने हुन पाएन । प्रहरीले सबैको उद्धार गर्नुका साथै वरिपरिका अन्य घरबाट समेत करिब तीन हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रारम्भिक जाँचमा मलको दोस्राे तलामा रहेको एउटा पसलमा लिथियम ब्याट्री विस्फाेट भएर आगलागी सुरु भएको अनुमान गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार १५ मिनेटमै पूरै मलमा आगो फैलिएको थियो । एकपटक नियन्त्रणमा आएको आगो पुनः लागेको थियो । सन् २०११ मा सहारा मार्केटमा आगलागीबाट विस्थापित भएका अधिकांश व्यापारी उक्त नयाँ सिटी मलमा स्थानान्तरित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !