५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

नेकपा सांसद एक्कासी बेहोस भइ गम्भीर बनेपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो



काठमाडौं । नेकपाका राष्ट्रिय सभा सांसद राधेश्याम पासवान एक्कासि गम्भीर बिरामी परेपछि उपचारका लागि काठमाडौं ल्याइएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी घर भएका पासवान शनिबार दिउँसो घरमै एक्कासी बेहोस भएपछि केहीबेर अघि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

हरिवनस्थित स्वाभिमान अस्पतालमा सामान्य उपचारपछि उनलाई दिउँसो सवा ४ बजे काठमाडौं ल्याइएको हो । पासवान नेकपाबाट निर्वाचित राष्ट्रियसभा सदस्य हुन् ।

पासवानलाई पक्षघात भएको आशंका चिकित्सकले गरेका छन् । सांसद पासवान बिरामी भएको जानकारी पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले हरिवनस्थित अस्पतालमै पुगेर उनलाई भेटेका थिए । मन्त्री यादव आज मात्रै सर्लाही पुगेका हुन् ।


प्रतिक्रिया दिनुहोस !