१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्षको निधन



एजेन्सी- सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहँदै आएका उनको आइतबार घरपरिवारका सदस्यहरुमाझ निधन भएको समाचार एजेन्सी एपीले जनाएको छ ।

बिरामी भएपछि उनी एक वर्ष अगाडिदेखि अस्पतालमा भर्ना भएका थिए । उनको अनुपस्थितिमा उनका छोराले कम्पनी सम्हाल्दै आएका थिए ।

सामसुङले शोक विज्ञप्ति जारी गर्दै दिवंगत अध्यक्ष ली कुन हिलाई सम्झिरहने जनाएको छ । एक स्थानीय व्यवसायबाट लीले सामसुङलाई विश्वको अग्रणी कम्पनीमा पुर्याएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !