१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

प्रधानमन्त्री र ‘रअ’प्रमुखबीच भएको भेटबारे परराष्ट्र सल्लाहकारको प्रतिक्रिया– ‘प्रक्रिया पुर्‍याएरै भेट’



काठमाडौं– प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट प्रक्रिया पुर्‍याएरै भएको बताउनुभएको छ । नेपाल टेलिभिजनका लागि देवी सापकोटासँग कुरा गर्दै भट्टराईले रअका प्रमुख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर आएको उल्लेख गर्नुभयो । रअ प्रमुखसँग भएको भेटमा दुई देशबीचको सीमा समस्या समाधान शान्तिपूर्ण वार्ताबाट समाधान गर्ने र दुई छिमेकीको सम्बन्धलाई थप उचाईमा लैजाने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !