४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

जनकपुरकाे राजदेवी मन्दिरमा एकैरातमा ८ हजार ९६८ बोका वलि दिइयो



जनकपुरधाम- जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गएराती ८ हजार ९ सय ६८ बोका वलि दिइएको छ । महाबीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिलकुमार प्रसादले दिएको जानकारी अनुसार शनिवार राती ७ बजेर १५ मिनेटमा शुरु भएको सो वलिप्रदान राती ११ बजेर २५ मिनेटसम्म चलेको थियो ।

एकरातमा संसारमै सबैभन्दा बढी बोकाको वली सो मन्दिरमा दिइने परम्परा रहेको छ । अष्टमी रातीमा विशेष वलिप्रदान हुँदै आएको छ । कोरोना संक्रमणका जिल्ला प्रशासन कार्यालय धनुषाले वलि प्रदानको ठाउँमा संक्षिप्त पूजा एवं क्षमा पूजा गरिने योजना बनाएको थियो । महन्थ र पुजारीसँग सोही आग्रह गरेका थिए । तर स्थानीयवासी विरोधका कारण वलि दिइएकोछ ।

महाबीर युवा कमिटीका अध्यक्ष संतोष साहले शनिवार मात्रै बलिप्रदान गर्ने निर्णय भएकाले तुलनातमक रुपमा कम बोकाको वलि दिइएको बताए ।

वलि प्रदानको परम्परा

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा वर्षोदेखि अष्टमी रातीमा वलिप्रादको परम्परा रहेको छ । गतवर्ष १४ हजार ३ यस ६६ बोकाको वलि दिइएको थियो । वलीका लागि मन्दिरको पछाडी भागमा ४ वटा ठेहा बनाइएको छ जसमा प्रत्येक वर्ष वलि दिइने कार्यक्रम हुने गरेको महाबीर युवा कमिटी जनकपुरधामका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले वताए । राजदेवी मन्दिरका महन्थ राम गिरिले मनोबाञ्छित फल प्राप्त भएपछि बोकाको वलि दिइने राजदेवीको परम्परा रहेको वताए । राजदेवीमा दशैको वेला पूजा गर्नेहरुको अत्यधिक भीड हुने गर्छन ।

राजदेवी मन्दिरमा २०७६ सालमा १४ हजार ९सय ९७ बोकाको वली प्रदान गरिएको थियो भने २०७५ सालमा १४ हजार ९ सय ९७ बटो २०७४ सालमा १२ हजार ३ सय ७ वटा बोका, २०७३ सालमा १४ हजार ६ सय १७ वटा बोकाको बलि दिइएको थियो । यसैगरी २०७२ सालमा १३ हजार ८ सय १, २०७१ सालमा १४ हजार ७ सय २२, २०७०सालमा १४ हजार ८ सय ६१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६७ सालमा १३ हजार ५ सय ५२ र २०६६ सालमा ११ हजार ७ सय ९३ बोकाको बलिप्रदान गरिएको थियो । १०० जना युवा बली प्रदानमा सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !