१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

किसानले उत्पादन बढाउन नपाएसम्म उद्योग अगाडि बढ्न सक्दैनः कृषि मन्त्री



भैरहवा– कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भूसालले किसानले उत्पादन बढाउन नपाएसम्म उद्योग अगाडि बढ्न नसक्ने बताउनु भएको छ। भैरहवास्थित उद्योग व्यापार संगठन रुपन्देहीको कार्यालय भवन शिलान्यास कार्यक्रममा मन्त्री भूसालले सो कुरा बताउनु भएको हो । उहाँले समयमै मल नल्याउने ठेकेदारको १० करोड रुपैयाँ जफत गरिएको बताउनु भयो ।

उत्पादन गर्ने किसानको न्यूनतम बचत हुन नसके कृषि क्षेत्र अगाडि बढ्न नसक्ने उहाँको भनाइ थियो । प्रदेश सरकारहरुले कृषि क्षेत्रमा राम्रो गरिरहेको तर जनताको अपेक्षा अनुसार भनेजस्तै र सोचेजस्तै काम गर्न भने नसकेको मन्त्री भुसालले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !