४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

राप्रपा अध्यक्ष कमल थापा १० दिनको अस्पताल बसाइपछि घर फर्के



काठमाडौं- कोरोना संक्रमण पुष्टि भए पश्चात स्वासप्रस्वासमा समस्या भएर ओम अस्पताल भर्ना भएका राप्रपा अध्यक्ष कमल थापा आज १० दश दिनको अस्पताल वसाई पछि घर फर्केका छन् । थापाको पछिल्लो पटकको स्वाब परीक्षणको नतिजा भने आएको छैन ।

उहाले घर फर्के लगत्तै सामाजिक संजाल मार्फत भिडियो संदेशसंगै सम्पूर्ण नेपालीहरुमा बडादशैंको शुभकामना व्यक्त गर्नुका साथै आफ्नो स्वास्थ्यप्रति चिन्तालिई स्नेह,सदभाव र शुभकामना दिनुहुने सबैमा सादर कृतज्ञता व्यक्त गर्नु भएको छ ।

साथै ओम हस्पिटल परिवार र सम्पूर्ण स्वास्थकर्मीहरुमा बिशेष आभारी छु भनि आफ्नो कुरा व्यक्त गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस !