१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बालबालिकालाई प्लाष्टिकको बोतलमा दुध खुवाउनु हानिकारक – अनुसन्धान



काठमाडौँ । बालबालिकालाई प्लाष्टिकको बोतलमा दुध खुवाउनु हानिकारक हुने एक अनुसन्धानले देखाएको छ । आयरल्याण्डको ट्रीनटी कलेज डब्लिनका अनुसन्धानकर्ताहरुले यस बारेमा अनुसन्धान गर्दै प्लाष्टिक बोतलमा दुध पिउने बालबालिकाले हरेक बर्ष एक लाख भन्दा बढी माइक्रोप्लाष्टिक निल्ने निष्कर्ष निकालेका छन् ।

यस अनुसन्धानले बालबालिकाले प्रयोग गर्ने १० किसिमका बोतल र पोलीप्रोपाइलिनले बनेका समानको टुटेर ससानो टुक्रा बन्ने दरको अध्ययन गरेको थियो, जुन खाद्य कन्टेनरमा विश्वभर सबैभन्दा बढी प्रयोग हुन्छ ।

विश्व स्वास्थ्य संगठनले बनाएको गाइडलाइन अनुसार २१ दिनसम्म गरिएको यो अनुसन्धानमा अनुसन्धानकर्ताहरुले बोतलले एक लिटर दुधमा १३ लाख देखि एक करोड ६२ लाख प्लाष्टिकका माइक्रोपार्टीकल्स छोड्ने गरेको पाएको उल्लेख गरेका छन् । साथै अनुसन्धानकर्ताहरुले यो डाटाको प्रयोगस्तनपानको राष्ट्रिय औसत दरको आधारमा बच्चालाई प्रति बोतल दुध खुवाउने क्रममा सम्भावित माइक्रोप्लाष्टिकको वैश्विक जोखिम मोडल तयार गर्न यो अनुसन्धान गरेका थिए ।

यसबाट अनुसन्धानकर्ताहरुले बोतलबाट दुध पिउने बालबालिकाहरुले औसत १०.६० लाख आफ्नो जीवनको पहिलो १२ महिनामा नै निल्ने निष्कर्ष निकालेका छन् । नेचर फुड जर्नलमा प्रकाशित यो अनुसन्धानले स्टेरलाइजेशन र पानीको उच्च तापमान माइक्रोप्लाष्टिक टुट्नेका मुख्य कारण बताइएको छ । अनुसन्धानकर्ताहरुले अनुसन्धानको लक्ष्य बोतलबाट निस्किने माइक्रो प्लाष्टिकबाट हुने सम्भावित स्वास्थ्य जोखिमको बारेमा माता पिताको तनाव बढाउने भने नभएको स्पष्ट गरेका छन् ।

साथै उनीहरुले विकसित देशका बालबालिकाले बढी माइक्रोप्लाष्टिक खाइरहेको बताएका छन् । उनीहरुले निष्कर्षमा यस विषयमा थप अनुसन्धान हुनुपर्ने र त्यो आफुहरुले जारी राखेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !