१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दाङमा युवकमाथि सांघातिक आक्रमण गरी खुट्टा छिनालियो



घोराही- दाङको तुलसीपुरमा एक युवक हात–खुट्टा काटिएको अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय कुमार विक तुलसीपुर उपमहानगरपालिका–१२ गोलौरी भन्ने स्थानमा गम्भीर घाइते अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार विकको बायाँ खुट्टा काटेर छिनालिएको छ । उनका दुवै हातमा पनि धारिलो हतियारले काटेको घाउ छ । अत्यधिक रक्तस्राव भएका कारण विकको अवस्था चिन्ताजनक छ ।

प्रहरीले गएराति १० बजेतिर उनलाई उद्धार गरेर अस्पताल पु¥याएको डिएसपी सिंहले जानकारी दिए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गरी विकलाई थप उपचार गर्न गएराति नै बाँके रिफर गरिएको छ ।

विक गोलौरीमा भान्जाको बिहे खान भनि गएका थिए । नवलपुरस्थित आफ्नो घर फर्किँदै गर्दा उनीमाथि पढ्ढा र गोलौरी बिचको सुनसान स्थानमा अज्ञात समूहले आक्रमण गरेको र आक्रमणकारीको खोजी भइरहेको तुलसीपुर प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !