१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा बाबुराम भट्टराई र हिसिला यमीको स्वास्थ्यलाभको कामना



काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। सीपीसीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाएर भट्टराईको स्वास्थ्यलाभको कामना गरेको हो। सीपीसीले भट्टराईसँगै कोरोना पुष्टि भएकी उनकी पत्नी हिसिला यमीको पनि स्वास्थ्य लाभको कामना गरेको छ।

डा. भट्टराईले कार्तिक ८ गते आफू र पत्नी हिसिलालाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। सीपीसीले यही कार्तिक ३ गते भएको सीपीसी र नेपालका प्रमुख राजनीतिक दलबीचको पहिलो संयुक्त भर्चुल बैठकमा डा. भट्टराईले गरेको सम्वोधनको पनि प्रशंसा गरेको छ।


प्रतिक्रिया दिनुहोस !