१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दिल्लीविरुद्ध हैदराबादकाे शानदार जित



इण्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सविरुद्ध शानदार जित निकालेको छ। हैदराबादले दिल्ली क्यापिटल्सविरुद्ध ८८ रनको जित निकालेकाे हो । यो जितसँगै हैदराबादले आइपिएल–१३ काे प्ले अफ पुग्ने आशा जिवितै राखेको छ। हैदराबादले मंगलबार दुबईमा भएको खेलमा दिल्लीलाई जितका लागि २२० रनको चुनौती दिएको थियो। जवाफमा दिल्लीको टिम १९ ओभर खेलेर मात्र १३१ रन बनाउँदै अलआउट भयो।

हैदराबादका राशिद खानले चार ओभरमा मात्र सात रन दिएर चार विकेट लिए । सन्दिप शर्मा र टि नटराजनले दुई–दुई विकेट लिए। दिल्लीका लागि ऋषभ पन्तले ३६ तथा अजिंक्य रहाणले २६ रन बनाए। हैदराबादका लागि ८७ रन बनाउने ऋद्धिमान साहा म्यान अफ द म्याच बने। जारी प्रतियोगितामा यो हैदराबादको पाँचौँ जित हो भने दिल्लीलाई पाँचौ पटक हारको झट्का लागेको छ।

दिल्ली लगातार तेस्रो खेलमा पराजित बन्न पुगेको छ। दिल्लीको टिम अंक तालिकाको तेस्रो नम्बरमा झरेको छ भने हैदराबाद छैठौँ नम्बरमा छ।


प्रतिक्रिया दिनुहोस !