१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

फ्रान्समा दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनको घोषणा



एजेन्सी- फ्रान्समा दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनको घोषणा गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोले कम्तीमा नोभेम्बर महिनाभरि राष्ट्रव्यापी लकडाउन गर्ने घोषणा गरेका हुन् । राष्ट्रपति म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै भोलिदेखि सुरु हुने लकडाउनको नयाँ प्रतिबन्धको बारेमा जानकारी दिएका हुन् ।

नयाँ प्रतिबन्ध अनुसार अति–आवश्यक कामको लागि वा स्वास्थ्यमा समस्या आए मात्रै घरबाट निस्कन पाउने अनुमति छ । रेष्टुरेन्ट र बारलगायत अति–आवश्यक नभएका व्यवसाय बन्द हुने तर विद्यालय र कलकारखाना भने खुला रहनेछन् । आउँदो डिसेम्बर १ तारिखसम्म प्रतिबन्ध लागू हुने र दुई हप्तापछि यसको मुल्याङ्कन गरिने राष्ट्रपति म्याक्रोले बताए ।

फ्रान्समा कोरोना सङ्क्रमितको संख्या १२ लाख ३५ हजार नाघेको छ । कोरोना कै कारण ३५ हजार ७ सय ८५ जनाको ज्यान गइसकेकोछ ।


प्रतिक्रिया दिनुहोस !